Ad Image

बानेश्वरमा निषेधित क्षेत्र तोड्ने राप्रपा प्रदर्शनकारीकाे प्रयास, प्रहरीद्वारा सामान्य बल प्रयोग

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745142027.jpg

काठमाडौं । राजसंस्था पुनर्स्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित आन्दोलनमा होमिएको राप्रपाले बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेको छ ।


प्रदर्शनकारीले ब्यारिगेटको अवरोध पन्छाउने प्रयास गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ । प्रहरीले माइकिङ गरेर उनीहरूलाई पछाडि हट्न आग्रह गरिरहेको छ । निषेधित क्षेत्र तोड्ने पूर्वघोषित कार्यक्रमअनुसार राप्रपाका कार्यकर्ता सडकमा आएका हुन् ।


संसदीय दलको कार्यालयमा छलफलपछि बानेश्वरतर्फ आउँदै गर्दा सिंहदरबारबाट राजेन्द्र लिङदेनसहितका सांसदहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा पक्राउ गरेका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गर्न उनले माग गरे ।


साथै नेताहरू रिहा नहुञ्जेल लगातार विरोध प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।