Ad Image

ताप्लेजुङमा बिजुलीको तारमा अल्झिएर जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745198916.jpg

काठमाडौं । ताप्लेजुङमा बोलेरो जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने  दुई जना गम्भीर घाइते भएका छन् ।  बिजुलीको लत्रिएको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।
 

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । ​​​​​​​मृतक र घाइतेको परिचय खुलिसकेको छैन ।