Ad Image

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745204860.jpg

काठमाडौं । कालीकोटको पलाँता–२ लार्फा गाउँ नजिक ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।