Ad Image

अस्ट्रेलियामा एक सातामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745219075.jpg

ब्रिसबेन । अस्ट्रेलियामा आइतबार न्यु साउथ वेल्सको तटस्थित ढुङ्गामा च्यापिएर एक नौ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार आकस्मिक टोलीले ती बालकलाई भेट्टाउन सके पनि उनलाई मृत भेटिएको बताइएको छ ।


आइतबार बिहान तटमा एक पिता र छोराको उद्धार गर्न हेलिकप्टर गएको थियो । १४ वर्षीय छोराको उद्धार गरिएको भए पनि पिताको चाहिँ मृत्यु भएको भनिएको छ ।

 

भिक्टोरियाका प्रहरीहरूले शुक्रबारदेखि बेपत्ता रहेका ४१ वर्षका एक पुरुषलाई खोजिरहेका छन् । योसँगै गएको सप्ताहान्तमा मात्रै डुबेर मर्नेको सङ्ख्या सात पुगेको छ ।


अधिकांशको मृत्यु समुद्री तटबाट ढुङ्गामा बसिरहेको समयमा बलियो छालले बगाउँदा भएको हो । दुई जना अझै पनि बेपत्ता रहेको भनिएको छ । इस्टरको बिदाका कारण लम्बिएको सप्ताहान्तमा भएका यस घटनालाई निकै खराब बताइएको छ ।


धार्मिक पर्वको समयमा रमाइलो गर्न निस्किएकाहरूका लागि सप्ताहान्त निकै भयावह बनेको न्यु साउथ वेल्समा सर्फ लाइभ सेभिङका सीईओ स्टेभन पियर्सले भने । गुड फ्राइडेयता मात्रै आफूहरूले १५० भन्दा धेरै पटक उद्धार गरेको सर्फ लाइभ सेभिङले भनेको छ ।