Ad Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745231686.jpeg

रूपन्देही । १७ वर्षकी बालिकालाई जबरजस्ती  करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

 
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दिपक कुमार क्षेत्री रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले  गरिरहेको छ ।