गुजरात टाइटन्सको छैटौँ जीत, आईपीएल प्लेअफ पुग्ने पहिलो टिम बन्दै


काठमाडौं । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको नजिक पुगेको छ । उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो छैटौँ जित हो।
यस पछि अब गुजरात ८ खेलबाट १२ अंक जोडन सफल भएको छ। प्रतियोगितामा ६ खेल जित्ने एक मात्र टोली गुजरात हो। अब थप एक जितसँगै यसले प्लेअफमा आफ्नो स्थान लगभग पक्का गर्नेछ।आईपीएल २०२५ मा गुजरात टाइटन्सले सोमबार आयोजक कोलकाता नाइट राइडर्सको सामना गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले ३ विकेट गुमाएर १९८ रन बनाउन सफल भएको यो । यसपछि केकेआर ८ विकेटमा १५९ रनमा नै सीमित भए पछि गुजरातको छैंटौं जीत पक्का भएको हो ।
केकेआरको यो ८ खेलमा पाँचौं हार हो। डिफेन्डिङ च्याम्पियन केकेआर ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा रहेको छ । आईपीएल प्लेअफको लागि योग्य हुन रेस सामान्यतया १४ अंकबाट सुरु हुन्छ। तर १४ अंक भएको टोलीले शीर्ष ४ मा रहन अन्य टोलीको जित हार र रन रेटमा पनि भर पर्छ । तर, आफ्नै बलमा प्लेअफका लागि योग्य हुन, तपाईंलाई कम्तीमा १६ अंक चाहिन्छ।
कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा केकेआरका कप्तान अजिंक्य रहाणेले टस जितेर ब्याटिङ गरेका थिए । उनीहरूले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे पनि बलरहरूले अपेक्षा अनुरूप खेल्न सकेको थिएनन्। गुजरात टाइटन्सका ओपनर शुभमन गिल र साई सुदर्शनले केकेआरका बलरहरूलाई पिट्दै १२.२ ओभरमा ११४ रन जोडेका थिए।
साई सुदर्शनको आउट भए पछि यो साझेदारी टुट्यो। उनले आउट हुनु अघि ३६ बलमा ५२ रन बनाएका थिए । योसँगै साई सुदर्शनले ओरेन्ज क्यापको दौडमा निकोलस पूरनलाई पछि पारेका छन् । अहिले उनी ४१७ रन बनाएर यो दौडमा पहिलो स्थानमा छन् ।