ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा


काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
उनले बुधबार हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वस्थ अवस्थाका कारण उनको भ्रमण स्थगित भएको थियो । ५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए ।