Ad Image

मेयर साहमाथि दवाव दिन पुस्तक माफियासँगको बैठक आज बस्दै

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745313836.jpg

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले विद्यालयहरूमा पाठ्यपुस्तक एकरुपता सम्बन्धी अघिल्लो निर्णय खारेज गरेपछि, पुनः आज मेयर मनोजकुमार साह, शिक्षा महाशाखा प्रमुख धीरेन्द्रलाल कर्ण, शिक्षा समितिका सदस्यहरू र पुस्तक व्यवसायीबीच बैठक बस्न लागेको छ।


उप–महानगरपालिकाले चैत २९ गते सातवटा विशेष पब्लिकेशनका पुस्तकहरू मात्र प्रयोग गर्न सकिने आदेश जारी गरेको थियो। तर, सो निर्णयले चौतर्फी विरोध खेप्नुपरेपछि बैशाख ४ गते निर्णय खारेज गरी विद्यालयहरूले आफू अनुकूल पुस्तक छनोट गर्न पाउने तर महानगरलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको थियो ।


जनकपुरधाम उप–महानगरपालिकाले गत चैत २९ गते विभिन्न माफियाहरु संग मिलेर विभिन्न ७ वटा पव्लिकेशनको पुस्तक मात्रै लागु गर्ने उर्दीको चौतर्फी विरोध भएपछि बैशाख ४ गते सो निर्णय खारेज गर्दै विद्यालयहरुले आफू अनुकुल पाठ्यपुस्तक लागु गर्ने तर त्यसको जानकारी उप–महानगरलाई दिने निर्णय गरेको थियो ।

 

तर, केही माफिया व्यवसायीहर जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहलाई प्रभावमा पार्न दवाव दिँदै आज फेरि बैठक बोलाएको छ । सो बैठकबाट चैत २९ गते भएको निर्णय लागु गर्न दवाव दिन लागेको उप–महानगरपालिका स्रोतको दावी छ ।

 

पुस्तक माफियाहरुले विभिन्न ७ वटा पव्लिकेशनवाट करोडौं रुपैयाँको चलखेल गरेको र मेयर साहलाई समेत प्रभावमा पारेर निर्णय गराएका थिए । उप–महानगरले कक्षा नर्सरी देखि युकेजी सम्म मात्र विद्यार्थी पव्लिकेशनको पाठ्यपुस्तक लागु गरिने भनेको थियो भने कक्षा १ देखि ३ सम्म ग्रन्थघर, रिडमोर, विद्यार्थी, र व्रिलिएन्ट पव्लिकेशनको किताव मात्र पढाइने थियो ।

 

त्यस्तै कक्षा ४ र ५ मा ग्रन्थघर, रिडमोर, विद्यार्थी, व्रिलिएन्ट र वेदान्ता पव्लिकेशन मात्र लागु गरिएको थियो भने कक्षा ७ र ८ मा ग्रन्थघर, रिडमोर, विद्यार्थी र व्रिलिएन्टको पाठ्यपुस्तक लागु गर्ने उर्दी जारी गरिएको थियो ।

 

त्यस्तै कक्षा ८ मा सरकारी पुस्तक अंग्रेजी र नेपाली पढाउने नेपाल सरकारको बाध्यात्मक नीति रहेका कारण जनक शिक्षा सामग्री केन्द्रको यि दुई विषय पढाइने छ । नेपाल सरकारको नीति नभएको भए यो पनि पढाइ हुने थिएन् । कक्षा ८ मा रिडमोर, विद्यार्थी, ग्रन्थघर, व्रिलिएन्ट र शुभारम्भको पाठ्यपुस्तक लागु गरिएको थियो । कक्षा ९ र १० मा पनि अंग्रेजी र नेपाली दुई वटा जनक शिक्षा सामग्री केन्द्रको पाठ्यपुस्तक लागु गरिने भएको थियो भने अन्यमा रिडमोर, ग्रन्थघर, विद्यार्थी, व्रिलिएन्ट, वुद्धा र शुभारम्भको पाठ्यपुस्तक लागु गरिएको थियो ।

 

स्रोतका अनुसार यहाँका केही व्यापारीहरुले एउटै डिस्ट्रिव्युटरवाट मोटो रकम लिएर यो निर्णय गराएका थिए । यसरी जनकपुरधाम उप–महानगरपालिकाले केही पव्लिकेशनहरुको पाठ्यपुस्तक मात्रै लागु गरेपछि उप–महानगरपालिकाका मेयर मनोजकुमार साह, शिक्षा महाशाखा र शिक्षा समितिले व्यापक रकमको चलखेल गरेको आरोप लगाइएको थियो ।

 

पाठ्यपुस्तक एक रुपताको नाममा यहाँका केही व्यापारी र जनकपुरधाम उप–महानगरपालिकाका मिलिमतोमा करोडौं रुपैयाँको चलखेल भएको छ । शिक्षा महाशाखाका प्रमुख धीरेन्द्रलाल कर्णले यहाँका केही व्यापारी र शिक्षा समितिका एक सदस्यको मिलिमतोमा सो निर्णय गराएको र उनीहरुबाट केही रकम समेत बुझिसकेकाले मेयर मनोजकुमार साहमाथि दवाव दिनकालागि शिक्षा महाशाखाका प्रमुख धीरेन्द्रलाल कर्णकै इशारामा आजको बैठक बस्न लागेको स्रोतको दावी छ ।

 

पाठ्यपुस्तक एक रुपता निर्धारणमा कुनै प्रक्रिया अपनाइएको थियो । नत कुनै विज्ञ टोली गठन गरिएको थियो । आफू खुशी जो जो संग पैसा पाए त्यो पव्लिकेशन राम्रो र नपाएपछि गुणस्तरहीन रहेको ठहर गरिएको थियो । स्रोतका अनुसार एनप्यावस, प्यावसन लगायतका संघ संस्थाका नगरकमिटीका अध्यक्षहरुले आफूखुशी यो प्वलिकेशन राम्रो र यो नराम्रो भनेर लागु गरिएको छ ।

 

यहाँका एक दुई ठूला व्यापारीले यिनीहरु संग पाठ्यपुस्तक एक रुपताको नाममा करोडौं रुपैयाँको डिल गरेको आरोप समेत लगाइएको छ । त्यो डिल पुरा नभएपछि पैसा समेत फिर्ता माग्नकालागि सो बैठक बस्न लागेको स्रोतको दावी छ ।