Ad Image

तीनकुने घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745314891.jpg

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।


रायमाझी दुर्गा प्रसाईं निकट भनेर चिनिन्छन् । उनी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।


रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोमा रायमाझी सहित ७४ जना थुनामा छन् ।


एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।