Ad Image

मेयर हर्क साम्पाङविरुद्ध अभद्र व्यवहारको कसुरमा किटानी जाहेरी

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745377030.png

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्ध अभद्र व्यवहारको कसुरमा किटानी जाहेरी परेको छ । धरान–११ निवासी सन्तोष लिम्बुले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् । सार्वजनिक स्थानमा अश्लील गालीगलौज गरी भौतिक आक्रमण गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीमा उजुरी परेको हो । 
 

नगरकोट–बानडाँडा बाटो स्तरोउन्नतिको विषयलाई लिएर मेयर साम्पाङ र सन्तोष लिम्बूबीच सोमबार भनाभन भएको थियो । त्यसबेला लिम्बूलाई मेयर साम्पाङले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए । त्यही क्रममा मेयर साम्पाङका समर्थकले लिम्बुमाथि हातपात गरेका थिए । मेयर साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो कै अगाडि उनलाई जोन लिम्बूले कुटेका थिए ।  धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बु माओवादी कार्यकर्ता हुन् ।