दुर्गा प्रसाई र रवीन्द्र मिश्र लगायतलाई थप ३ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । तीनकुने घटनाका आरोपी राप्रपा नेता रवीन्द्र मिश्र, सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं लगायत २४ जनालाई थप ३ दिन हिरासतमा राख्न म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले आरोपी २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो। उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन् ।