आज प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि केही बढेको छ । बुधबार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँ पुगेको छ ।