Ad Image

लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745547654.PNG

नेपालगञ्ज । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ ।

 

अपराह्न ४ बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच भीडन्त हुने छ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए ।  
        
 

एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताइन् । प्रतियोगिताको विजेतालाई रु पाँच लाख पाँच हजार ५५५  र उपविजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।