Ad Image

भुजी र दरमखोला पुल निर्माणमा ठेकेदारको लापर्बाही, ९ वर्षमा ४० प्रतिशत काम

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745555307.jpg

बागलुङ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् । ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा  स्थानीयले सास्ती खेप्नुपरेको छ ।

 

दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो । भूजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता गरेको थियो । उक्त पुलको हालसम्म ३५ प्रतिशत मात्र काम भएको सडक डिभिजिन कार्यालयले जनाएको छ ।

 

दरमखोला पसलका २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिम पटक २०७७ साल मङ्सिर १४ मा म्याद थप गरिएको थियो । यो पुलको काम ४० प्रतिशत मात्र भएको छ ।

 

सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार भुजीखोला पुल निर्माणका लागि रु दुई करोड १६ लाख र दरमखोलाको पुलका लागि रु तीन करोड ३२ लाखमा सम्झौता भएको छ । अहिलेसम्म निर्माण भएका संरचना जीर्ण छन् । तीनको अवस्था काम नलाग्ने रहेको प्राविधिकहरू बताउँछन् ।