Ad Image

शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745570040.jpg

तनहुँ । शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। नगर क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रिन रोड कम्पनीबीच समझदारी भएको हो ।


नगरप्रमुख कृष्णराज पण्डितका अनुसार सम्झौताअनुसार फोहोरमैला प्रशोधनका लागि आवश्यक मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउनेछ । नगरपालिकाले फोहोर संकलन गरी प्रशोधन केन्द्रसम्म पुर्याउने छ भने ग्रिन रोड कम्पनीले त्यहाँ वर्गीकरण र प्रशोधनको काम गर्नेछ।


नगरप्रमुख पण्डितले यो संयोजनबाट नगरमा दिगो फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । बिहीबार सम्पन्न सम्झौतामा नगरपालिकातर्फबाट प्रमुख पण्डित, उपप्रमुख खुमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गरे । सूर्य नेपालका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र गौतमकुमार यादव तथा ग्रिन रोड कम्पनीका तर्फबाट विमल बास्तोला, सञ्जीव बास्तोला र अजय केसीले हस्ताक्षर गरेका छन् ।