ग्राहकको पैसा खाताबाट ट्रान्सफर गर्न दिँदैन नेपाल इन्भेष्टमेन्ट मेघा बैंक


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ग्राहकहरुलाई समस्यामा पार्न थालेको छ । ग्राहकको खातामा भएको पैसा ट्रान्सफर गर्न नदिएर बैंकले रोकेको छ । बैंकको खातामा भएको पैसा ग्राहकले प्रयोग गर्न नपाउँदा बैंकप्रति नै ग्राहकको वितृष्ण बढेको हो । ग्राहकले अनलाइन बैंकिङमार्फत पैसा ट्रान्सफर गर्दा बैंकले ‘ट्रासेक्सन फेल’ देखाउँछ ।
त्यसो त यो बैंकका संस्थापकहरुलाई नै यो बैंकप्रति भरोसा नभएको देखिन्छ । गएको मंसिरदेखि संस्थापक शेयर होल्डर यो बैंकको शेयर बेच्न लालायित भएका थिए । केही दिनअघि ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखिएको छ।
बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आफूले किन्न चाहेको शेयर विवरण खुलाइ आगामी ३५ दिनभित्र लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको थियो। जनताको पैसा बचतमार्फत संकलन गरेर चल्ने यस्ता बैंकका भित्री गतिविधि पारदर्शी नहुँदा बैंकले कारोबारमा नै असर पारिरहेको देखिन्छ । यसबाट नागरिकको बैंकप्रति नै अविश्वास बढिरहेको छ ।