Ad Image

शिशु जन्मिएपछि खुल्यो बलात्कारको रहस्य, दुधौलीका मेयर दनुवारमाथि जाहेरी

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745586487.jpg

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी परेको छ ।

 

बिहीबार हाल १८ वर्षीया एक बालिकाले मेयरले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गरेकी हुन् ।


जाहेरी अनुसार ती बालिका दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा, आफु १७ वर्षकी हुँदा मेयर दनुवारले जबरजस्ती करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार ती बालिकाले गत फागुनमा एक शिशु जन्माइसकेकी छन् । शिशु जन्मिएपछि उक्त घटना सार्वजनिक भएको हो ।


जाहेरी प्राप्त भएपछि प्रहरीले घटनाको गम्भीरता मध्यनजर गर्दै तत्काल अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले भने, “जाहेरी परेको छ, मुद्दा दर्ता भइसकेको छ, घटनाको प्रारम्भिक अनुसन्धान थालेका छौँ । पीडितको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राखिएको छ।”


प्रहरीका अनुसार मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको छ। मेयरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गर्ने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।