Ad Image

कांग्रेस सांसद राई पक्राउ परेको जानकारी प्रहरीले संसद सचिवालयमा गरायो

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745723043.jpeg

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद  राई पक्राउ परेको बारेमा जानकारी गराएको हो । 

 

सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।