Ad Image

बार्सिलोनाले जित्यो 'कोपा डेल रे'को उपाधि

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745727905.jpg

काठमाडौं । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडलाई ३–२ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको हो ।रोमाञ्चक एल क्लासिको जित्ने क्रममा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेज र जुलेज कोउण्डेले एक एक गोल गरेका थिए । त्यसैगरी रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र आरेहलिएन चुहमेनीले एक एक गोल गरेका थिए । 

 

निर्धारित ९० मिनेटमा दुवै टिमबाट २–२ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । यस खेलमा खेलको १२० मिनेटमा रियल म्याड्रिडका एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले रातो कार्ड पाएका थिए ।

 

योसहित बार्सिलोनाले अहिलेसम्म ३२ पटक कोपा डेल रेको उपाधि जितेको छ । जुन सबै भन्दा बढी पटक हो । रियल म्याड्रिडले कोपाको उपाधि २४ पटक जितेर दोस्रो स्थानमा रहेको छ ।