ललितपुरको रिह्याबमा एक जनाको मृत्यु, सञ्चालकसहित ३ जना पक्राउ


काठमाडौँ । ललितपुरको बडीखेलस्थित रिह्याबमा सेन्टरमा राखिएका एकजना पुरुषको मृत्यु भएको घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गएराति विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएको सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको हो ।
घटना अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए ।
पक्राउ पर्नेमा रिह्याब सञ्चालक गोदावरी नगरपालिका–१२ घर भएर तीनकुने बस्ने ४५ वर्षीय सुजन महर्जन, कर्मचारीहरुहरु ३४ वर्षीय भाष्कर बुढाथोकी र ४५ वर्षीय अनुज नेपाल छन् ।
मृतकको शव पोष्टमार्टका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी प्रभाग बाँडेगाउँले अनुसन्धान गरिरहेको छ ।