लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराइयो


काठमाडौँ । सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका छन् । उनले आइतबार बिहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् ।
सशस्त्र प्रहरी जवान विजय जंंगम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए । पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्न सक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ ।
मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।