Ad Image

सप्तरीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २२ जना घाइते

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745752503.jpg

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा बस दुर्घटना भएको छ ।


आइतबार उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।


मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती सहित ३ जना छन् । मृतक दुई जनाको पहिचान नखुलेको एसपी खतिवडाले जानकारी दिए ।

 

दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । बसमा ३५ जना सवार थिए ।


बस चालक झापाको मेचीनगर नगरपालिका–७ घर भएका ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।