क्यानडामा भिडमा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ९ पुग्यो


भ्यानकुभर । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
नेपाली समयअनुसार आइतबार बिहान साढे ८ बजे आसपास लापु लापु दिवस मनाउने क्रममा यो दुर्घटना भएको हो ।
भ्यानकुभर प्रहरीले घटनामा नौ जनाको मृत्यु भएको बताएको छ । घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ ।
घटनाको कारण स्पष्ट छैन तर प्रहरीले यो आतंकवादी घटना नभएको विश्वास गरेको छ ।
घटनाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यसमा एउटा प्रहरीको गाडी र एम्बुलेन्स देखिन्छ ।