Ad Image

संघीयताको मर्मअनुसार सबै प्रदेशमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्छ : मन्त्री दाहाल

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745850572.jpg

जलेश्वर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संघीयताको मर्म अनुरूप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन् । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज बर्दिबासमा आयोजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा उनले संविधानमा उल्लेख गरिएको हकअधिकार सदुपयोग हुने गरी सातवटै प्रदेशको विकासमा राज्यको भूमिका हुनुपर्नेमा जोड दिए । 

 

उनले प्रत्येक प्रदेशका विशेषता अनुसारको आआफ्नै समस्या रहेकाले त्यस्ता समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए। मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरू साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गरे।