Ad Image

श्रमिक दिवसको अवसरमा पोखरामा वृहत् जनसभा, महासचिव विप्लवले सम्बोधन गर्ने

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745901169.jpg

पोखरा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले पोखरामा वृहत् जनसभाको आयोजना गरेको छ । १३६ औं मई दिवस भव्य रुपमा सफल पारौं, नेपाली विशेषताको समाजवाद प्राप्तिको दिशामा अगाडि बढौँ भन्ने मुल नाराका साथ आयोजित जनासभालाई नेकपाका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको छ ।
 

पछिल्लो विकसित राजनीतिक परिस्थिति,अन्तर्राष्ट्रिय हस्तक्षेप तथा चलखेल,देशभित्रै देखिएका पुरातनवादी चिन्तन बोकेका समूहको गणतन्त्र विरुद्धको अराजक अभिव्यक्ति र देश भित्र चुलिँदै गएको संकट साथै जनताको आशा अपेक्षा लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक समेत गर्ने कार्यक्रम रहेको छ ।
 

३ बुँदे सहमति यता देखिएका बामपन्थी चिन्तन र व्यवहारहरुबाट अधिक सचेत रहेका विप्लवले पोखरामा गर्ने सम्बोधनलाई बौद्धिक सर्कलले चासोका साथ हेर्नेछ । कार्यक्रमलाई ऐतिहासिक बनाउन नेकपा गण्डकी प्रदेश ईन्चार्ज एवम् स्थायी समिति सदस्य शिलु सी नेतृत्वको टोली गण्डकी प्रदेशको पोखरामा खटिएको छ ।
 

पोखराको चिप्लेढुंङ्गामा वैशाख १८ दिउँसो ११:३० बजे आयोजना गरिएको वृहत् जनासभा पृथ्वीचोकबाट र्याली सहित शुरु हुने नेकपाले बताएको छ । कार्यक्रममा विभिन्न जिल्लाहरुबाट पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सहभागी गराइने तयारी गरिएको छ ।
 

कार्यक्रममा महासचिव विप्लव,स्थायी समिति सदस्य शिलु,पिविएम आजाद सी,आस्था सी लगायतको नेतृत्वले सम्बोधन गर्ने तयारी रहेको नेकपाका  प्रदेश कार्यालय स्रोतले बताएको छ ।