Ad Image

प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा, सीआईबी प्रमुखमा खापुङ

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745941179.jpg

काठमाडौं ।  नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा नियुक्ति तथा पदस्थापन गरिएको छ । सोमबारको बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएकाहरुलाई नियुक्ति तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  एआईजीमा बढुवा हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन् ।