यी हुन् सबन्धबिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ बलिउड अभिनेत्री


मुम्बई । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरू रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका छन् । यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपुर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्। आउनुहोस्, बलिउडमा सबन्धबिच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौं ।
मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । जसबाट उनीहरुको एक छोरा अरहान पनि छन्। तर, विवाह गरेको १९ वर्षपछि २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यसपछि उनले फेरि बिहे गरिनन् । एक्लै जीवन बिताइरहेकी छिन् ।
कुशा कपिलाले सन २०१७ मा व्यापारी जोरावर सिंह अहलुवालियासँग विवाह गरिन । यद्यपि तिनीहरूले २०२३ मा सम्बन्ध विच्छेद गरे र अहिले पनि उनी एकल जीवन बिताइरहेकी छिन् । अर्की अभिनेत्री मनिषा कोइरालाले सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी दुई वर्षपछि सम्बन्धविच्छेद गरिन । त्यसबेला देखि हालसम्म नायिका कोइरालाले पुनः विवाह गरेकी छैनन् । उनी अझै एकल जीवन बिताइरहेकी छिन् ।
उता, श्वेता तिवारीले एक पटक होइन, दुई दुई पटक बिहे गरिन तर दुबै पटक उनको डिभोर्स भयो । नायिकाले पहिलो विवाह सन् १९९८ मा राजा चौधरीसँग गरेकी थिइन् र उनीसँग सन् २००७ मा सम्बन्धविच्छेद भएको थियो । यसपछि अभिनेत्रीले २०१३ मा अभिनव कोहलीलाई आफ्नो पार्टनर बनाइन् तर २०१९ मा उनीहरुको सम्बन्ध टुट्यो । अहिले श्वेताले आफ्ना सन्तानलाई सिंगल मदरका रुपमा हुर्काउँदै छिन् ।
सामन्था रुथ प्रभुले २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी थिइन् तर २०२१ मा सम्बन्धविच्छेद गरेर दुवैले छुट्टिए । उता, सन् २०२४ मा नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरे पनि सम्बन्धविच्छेद भएको ४ वर्षपछि पनि सामन्था भने एकल जीवन बिताइरहेकी छिन् ।
करिश्मा कपुरले सन् २००३ मा सञ्जय कपुरसँग विवाह गरेकी थिइन् । १३ वर्षको विवाह पछि २०१६ मा उनीहरुको सम्बन्धविच्छेद भयो र अहिले अभिनेत्री करिश्मा एक्लो जीवन बिताइरहेका छिन् ।महिमा चौधरी सन् २००६ मा बबी चौधरीसँग बिबाह गरेकी थिइन् । तर सन २०१३ मा उनीहरुको सम्बन्धविच्छेद भयो । अभिनेत्रीको सम्बन्धविच्छेद भएको १२ वर्ष भइसक्यो तर उनले अझै विवाह गरेकी छैनन् ।