Ad Image

प्रज्ञा भवनको ढोका नखुलेपछि जनमत-नाउपा एकीकरण कार्यक्रम भएन सुरु

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745994838.PNG

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रम तोकिएको समयमा सुरु हुन सकेको छैन ।


आज बिहान ठीक ११ बजेका कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम सुरु हुने तालिका भए पनि अहिलेसम्म कार्यक्रम सुरु हुन सकेको छैन ।


कार्यक्रमका लागि हल नै बुकिङ नभएकोले समयमै  कार्यक्रम सुरु हुन नसकेको हो ।


प्रतिष्ठानको प्रशासनले हल छिर्ने मुख्य गेट बन्द राखेको छ । हलभित्र प्रवेश गर्न नपाएपछि जनमत र नाउपका कार्यकर्ता प्रज्ञा भवन प्राङ्गणमै छन् ।


नाउपा पक्षकाले हल बुकिङको जिम्मेवारी लिएको नेताहरुले जानकारी गराएका छन् । अब १ बजे पछि मात्रै कार्यक्रम सुरु हुने उपस्थित नेताहरुको भनाइ छ ।