Ad Image

प्रज्ञा भवनबाट रेशम चौधरी पक्राउ

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745998566.jpg

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।


पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।


उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए ।


नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।


उनलाई पक्राउ गर्न सादा पोशाकमा आएका प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना भएको बताइका छन् ।


गत बिहीबार मात्र जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।