Ad Image

रेशम पक्राउ परेपछि प्रज्ञा भवनमा नाराबाजी

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746001536.PNG

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको दुई पार्टीबिचको एकता कार्यक्रम बिथोलिए पछि उनीहरूले नाराबाजी गरिरहेका हुन् ।

 

उनीहरूले नागरिक जनमत पार्टी जिन्दाबाद, रेशम चौधरीलाई रिहा गर जस्ता नारा लगाइरहेका छन् । उनीहरुले सरकारको विरुद्धमा पनि नारा लगाइरहेका छन् । आज कार्यक्रमस्थलबाट नै रेशम चौधरी पक्राउ परेसँगै एकताको कार्यक्रम बिथोलिएको छ ।