Ad Image

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना निर्माण सम्पन्न

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746075814.PNG

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।

 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।

 

उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।  आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए।