Ad Image

काठमाडौं महानगरका मेयर बालेन र जापानी राजदूतबीच शिष्टाचार भेट

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746083351.jpg

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेपालका लागि जापानका राजदूत मायादा तोरुबीच शिष्टाचार भेट भएको छ । बुधबार मेयर साहको कार्यकक्षमा शिष्टाचार भेट भएको हो ।

 

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मेयर साहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको बताए। उनले सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएको बताइएको छ ।

 

राजदूत तोरुले काठमाडौं र जापानका सहरका बीचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रसस्त सम्भावना रहेको बताएका छन् ।