मेयरसाप

केपी ओली

स्थानीय सरकार

राजनीतिक दल

राजनीति

शिक्षा

झापा गाउँपालिका

पर्यटन

कीर्तिपुर नगरपालिका

वीरगञ्ज महानगरपालिका

आन्दोलन

स्कारपियो दुर्घटना : दमक नगरपालिकाका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Mayorsap

बिही, बैशाख १८, २०८२ | २०:३६ बजे

विराटनगर । दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार स्कारपियो गाडी उदयपुरको कटारीमा दुर्घटना भएको छ । चितवनबाट मकवानपुर हुँदै झापा तर्फ जाँदै  गरेको मे. १ च ३०४० नम्बरको स्कारपियो गाडी बिहीबार मदन भण्डारी लोकमार्गको उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा दुर्घटना भएको हो ।दुर्घटनामा दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । ​​​​​​​मृतक बस्नेत दमक–३ का स्थायी बासिन्दा हुन् ।  यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । 
 

घाइते हुनेमा वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, नगरपालिकाकै सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, १ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका( १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ । स्कारपियो अनियन्त्रित भई सडक किनाराको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको प्रहरीले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology