Ad Image

आज मन्त्रिपरिषदको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746153161.PNG

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको हो ।


बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्नेछ । त्यसैगरी मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

 

सरकारको नीति तथा कार्यक्रम आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्नेछन् ।