रुपा गाउँपालिका स्थापना भएदेखि न्यायिक समितिमा ९५ वटा मात्र मुद्दा


कास्की । रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो ।
नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण पालिकाले गर्नसक्ने व्यवस्था छ । रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार पालिकामा आर्थिक वर्ष २०७४/०७५ मा छ वटा, आव २०७५/०७६ मा १३ वटा, आव ०७६/७७ मा २२ वटा, आव ०७७/७८ मा २५ वटा, आव ०७८/०७९ मा आठ वटा, आव ०७९/८० मा १२ वटा र आव ०८०/८१ मा नौव टा मुद्दा दर्ता भएका छन् ।
न्यायिक समितिमा सबैभन्दा बढी जग्गा भोगचलनसम्बन्धी ४६ वटा र सम्बन्धविच्छेदका २१ वटा मुद्दाका साथै ज्याला, गाली बेइज्जतीसम्बन्धी मुद्दा छन् ।