Ad Image

स्थानीयको विरोधपछि काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी ककनीमै रोकियो

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746169279.PNG

काठमाडौं । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।


फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका-१ मा रोकिदिएका हुन् ।


बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।


‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले भनिन् ।


फोहोर बोक्ने गाडी रोकिएपछि बालाजु प्रहरी चौकीमा दुवै पक्षबीच वार्ता भइरहेको महानगरले जनाएको छ ।