विरगंज महानगरमा आज शोक बिदा दिने


विरगंज महानगरपालिकाका छैठों तहका अधिकृत झुना महराको असामायिक निधन भएको छ । उनको आज (शुक्रबार) बिहान १०ः३० बजे मृत्यु भएको एक सूचना जारी गर्दै पालिकाले जानकारी दिएको छ । साथै उनको मृत्युमा आज शोक बिदा दिने भएको छ । साथै शोक सन्तप्त परिवार प्रति महानगरले समवेदना व्यक्त गरेको छ ।
महानगरपालिकाको प्रगंणमा नै शोक सभा हुने जनाएको छ । नगर प्रमुखको उपस्तिथमा हुने शोक सभामा सम्पूर्ण कर्मचारीहरुलाई उपस्थित हुन आह्वान समेत गरेको छ ।
साथै महानगरपालिका अन्तर्गत अत्याआवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने समेत सूचनामा उल्लेख गरिएको छ ।
