Ad Image

ओडिसाको केआईआईटी भन्छ- प्रिसाले आत्मह*त्या गरेकी हुन्

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746186093.jpg

काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । तर प्रहरीले यो घटनाकाे निस्कर्ष अहिलेसम्म दिएको भने छैन ।

 

कलेजका रजिस्ट्रारले हस्ताक्षर गरेको विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले आत्महत्या गरेको उल्लेख गरिएकाे छ। ‘कलेजमा अध्ययनरत एक नेपाली छात्राको आत्महत्याको घटनाले हामीलाई गहिरो दुःख लागेको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

विज्ञप्तिअनुसार घटना थाहा पाउनासाथ कलेज प्रशासनले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि छात्रालाई किम्स अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

कलेजले विद्यार्थीको परिवारलाई घटनाबारे जानकारी गराइएको भन्दै प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यस दुःखको घडीमा कलेज विद्यार्थीको परिवार तथा नेपाली विद्यार्थीसँग साथमा रहेको’ पनि विज्ञप्तिमा भनिएको छ ।


केआईआईटी गत फागुनमा मात्र नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।