Ad Image

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746335959.jpeg

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० ले बढेको छ । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

 

शुक्रबार सुन प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा भने गिरावट आएको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ९१० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २४१.३६ अमेरिकी डलर र चाँदी ३२.०५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।