Ad Image

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746344170.jpg

रौतहट । रौतहटको चन्द्रनिगाहापुर कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका–४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

चन्द्रनिगाहापुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनीगाहपुर तर्फ आउँदै गरेको बा ६ चत ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । मोटरसाइकल चालक सहनीको घटनास्थलमै मृत्यु भएको र उनकी छोरी उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

मृतकहरु गरुडा नगरपालिका ३ मलाही टोलका स्थायी बासिन्दा हुन् । घटना पश्चात कारका चालक हेटौडा उपमहानगरपालिका १२ बस्ने वर्ष ४३ को कुमार पोख्रेल  पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।