Ad Image

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746349613.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । 

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव पर्ने र सन्दर्भमा पनि कुराकारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।