Ad Image

महेशकुमार श्रेष्ठको अध्यक्षतामा एनआरएनएको नयाँ कार्यसमिति निर्विरोध चयन

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746356483.PNG

काठमाडौं । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एकताको महाधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार र आइतबार काठमाडौंको हायात रिजेन्सीमा आयोजित महाधिवेशनले महेशकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

 

संघको उपाध्यक्षमा खगेन्द्र दाहाल, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ, महासचिवमा बाबुराम लामा चयन भएका छन् ।

 

यसैगरी खुला सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे छन् । सचिव खुला महिलामा देवकी खत्री गुरुङ र कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्विरोध चयन भएका छन् ।

 

यस्तै सहकोषध्यक्ष खुलामा कृष्णप्रसाद पोख्रेल चयन भएका छन् । सहकोषध्यक्ष महिलामा भने उम्मेदवारी नपरेको बताइएको छ । महिला संयोजकमा रशमी थापा र युवा संयोजकमा भीमसेन थापा निर्विरोध छन् ।ओसेनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना निर्विरोध छन् ।