Ad Image

माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746358330.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान जेठ २ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

विस्तृत कार्यक्रमलाई मूर्तरूप दिन अर्को बैठकले निर्णय गर्ने बताइएको छ । यसअघि गत पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ मा कञ्चनपुर पुगेर सम्पन्न भएको छ ।

 

आजको बैठकले भर्खर सम्पन्न भएको पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको बताइएको छ ।