नेपाल प्रहरीका ७ डीआईजीको सरुवा, ६ प्रदेशमा प्रहरी प्रमुख फेरिए


काठमाडौं । सरकारले सात प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
डीआईजी सरुवासँगै नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् । कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।
त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा गरिएको छ ।

