Ad Image

नेपाल आउने पर्यटकको संख्या बढ्यो, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी भित्रिए

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746413709.jpg

काठमाडौं । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुन कोभिड महामारी पछि अप्रिलमा आएका पर्यटनको संख्या १०६.५ प्रतिशत बढी भएको बोर्डको दावी छ ।
 

‘पूर्व महामारी स्तरमा पुगेका छौं, बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको देखिएको छ,’ बोर्डका सिइयो दीपकराज जोशीले भने, ‘पर्यटनमा यो खालको उल्लेख्य वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सम्भाव्यताको प्रमाण हो।’

 

बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतबाट मात्रै २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।

 

साथै, उत्तरी छिमेकी मुलुक चीनबाट ९ हजार ३७ पर्यटक नेपाल आएका छन भने  बेलायत र बंगालादेशबाट क्रमशः ६ हजार ७ सय ३८ र ५ हजार ३ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार गत जनवरी देखी अप्रिलसम्म ४ लाख १५ हजार ४८ जना विभिन्न देशका पर्यटक नेपाल भित्रिएका छन ।