पोखराको फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाडौं । पोखराको फेवातालमा फसेका ८ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएका प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
फेवातालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका उनीहरु हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका थिए ।
भरपुरका रेशम थापा र विजय सुनार लगायतका ८ जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मौसममा खराबी आएपछि तालमा डुंगा समेत डुबेको थियो । प्रहरीले उद्धारका क्रममा तालबाराहि मन्दिर दर्शन गर्न गएकालाई समेत वारी ल्याएको जनाएको छ ।