Ad Image

मधेश प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746447832.jpg

धनुषा । मधेश प्रदेश सरकारले सीता जयन्ती र कबिर दास जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

जानकी नवमी अर्थात् सीता जयन्तीका दिन यही वैशाख २३ गते मङ्गलबार र कबिर दास जयन्तीका दिन (आगामी जेठ २८ गते) सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

 

मधेश प्रदेश सरकारले यसअघि गत चैत २२ गते राजपत्र प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक बिदा सूचीमा दुई दिन थप गरेको जनाएको छ ।

 

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनामा मधेश प्रदेशमा थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।