Ad Image

जीतपुरसिमरा उपमहानगरले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746460000.jpg

सिमारा । जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने भएको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले वि.स. २०८२ वैशाखदेखि ०८२ चैत मसान्तसम्म सार्वजनिक विदाको दिन (शनिबार बाहेक) सेवा प्रवाह नियमित राख्ने निर्णय गरेको हो । 
 

सोमबार एक सूचना जारी गर्दै उपमहानगरले पञ्जीकरण र राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य, वडा कार्यालयमा पञ्जीकरण र नागरिकता सम्बन्धी कार्य र स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने सेवाहरु नियमित रुपमा सञ्चालन हुने जानकारी गराएको हो ।