पाकिस्तानी सेनाको डेलिगेसन टोली नेपाल आएको विषयमा संसदमा उठ्यो प्रश्न


काठमाडौं । पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा संसदमा प्रश्न उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यस विषयमा प्रश्न उठाएका हुन् ।
सिंहले नेपालका छिमेकी मुलुकहरू भारत र पाकिस्तानबीच पहलगाम घटनापछि तनाब रहेको बेलामा नेपाल सरकारले डेलिगेसन बोलाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सिंहले पाकिस्तानी सेनाको टोली ४ मे मा नेपाल आएको बताउँदै भने, ‘नेपाल सरकारले ४ मेमा ११ जना पाकिस्तानी सेनाको डेलिगेसन बोलाएको छ । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ आएको हो । ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा आएको छ ।’
उनले असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपाली जनतालाई कहाँ पुर्याउला भन्दै प्रश्न गरेका छन्। उनले यतिबेला पाकिस्तानको मान्छे नेपाल आउने समय गलत भएको समेत बताएका छन् ।