Ad Image

धनुषा र बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746523646.jpg

काठमाडौं । धनुषा र बारामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

 

सोमबार राति धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित सडकमा दुर्घटना भएको थियो ।  ना-८ ख ६५२७ नम्बरको टिपरको ठक्करबाट सोही नगरपालिका-५ बस्ने २१ वर्षीय समिर भन्ने योग कुमार बोगटीको गए राति मृत्यु भएको छ ।


ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै टिपरको ठक्करबाट घाइते भएका अन्य ३ जनाको जानकी मेडिकल बिरेन्द्र बजारमा उपचार भइरहेको छ ।

 

हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।


त्यस्तै बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका-२१ आधाभार जङ्गलस्थित सडकमा सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको हो ।

 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल सवारीको नम्बर नखुलेको र सवारी चालक फरार रहेको  छ ।  फरार रहेका सवारी चालक र सवारी साधन दुबैको खा‍ेजी प्रहरीले गरिहेको छ ।

 
यस दुर्घटनाका सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाए ।